निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टः एसजीके मेन्स युनाइटेड विजयी

IMG_20221226_184918.jpg

सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको तत्त्वावधानमा आयोजित निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्टमा एसजीके मेन्स युनाइटेडले रोमाञ्चक जीत हासिल गऱ्यो। मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा सोमवार भएको म्याचमा एसजीके मेन्स युनाइटेडले युनाइटेड रंगबुल फूटबल क्लबलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। मंगलवार खेलिने म्याचमा परिवर्तन एफसी (घूम) र नागरीफार्म युनाइटेड फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १९ र २० जनवरी २०२३-मा हुनेछ। फाइनल २२ जनवरीमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement