खरसाङ: जीटीएको मनोनित सभासद एंव हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले आज खरसाङको गिध्द पहाड़स्थित आफ्नो कार्यालयमा पोलि हाउस वितरण विषयमा सभा गरेका छन्। यसावधि पोली हाउस बनाउन इच्छुकहरूलाई फारम पनि वितरण गरेका छन्। यसावधि विभागीय एमओडी सभासद प्रणाम रसाइलीले खरसाङ क्षेत्रको जम्मा ३०-३५ जना कृषकहरू पोली हाउसको लागि फारम वितरण गरेका छन्। उक्त पोली हाउस वितरण कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले आज खरसाङको गिध्द पहाड़स्थित कार्यालयमा पोली हाउसलाई लिएर सभा गरिएको बताउँदै वागवाणी विभागका अधिकारीहरूको सक्रियता र अगुवाईमा अनि जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाको पहलमा विभिन्न क्षेत्रहरूका कृषकहरूलाई पोलि हाउस वितरण गर्नलाई सभा गरिएको आज यसै सभामा पोली हाउस निर्माणको लागि ३०-३५ जनालाई फारम वितरण गरिएको जानकारी गराएका छन्। उनले अघि भने, ‘अन्य समष्टीका कृषकहरूले पनि पोलि हाउस बनाउन इच्छा भए गिध्द पहाड़स्थित कार्यालयमा आएर सम्पर्क गर्न सक्नेछन् र यसको लागि सम्बन्धित समष्टीका सभासदहरूले यसको जानकारी गराउन सक्ने अनुरोध गर्दछु। पोली हाउसको लागि सर सल्लाहको लागि आगामी ४ जनवरीको दिन खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायतमा सभा गरिनेछ।’ सभासद प्रणाम रसाइलीले अघि भने, च्याऊ खेती विषयमा पनि कुनै पनि समष्टीको कृषकहरू इच्छुक भए सम्पर्क गर्न सक्ने र च्याऊ खेतीको लागि जीटीएले सहयोग गर्नेछ।