ट्राफिक पोइन्ट नहुँनाले दुर्घटना

IMG_20221226_183256.jpg

सिलगढी: चार पाङ्ग्रे सवारी साधन र स्कुटी एक आपसमा ठोक्किँदा एक महिला र दुई बालबालिका गम्भीर घाइते भएका छन्। घटना सोमबार बिहान लगभग ११ बजे बागडोग्रा बिहार मोड क्षेत्रमा भएको हो। यात्री बोकेको टाटा सुमो विमानस्थलतर्फ गइरहेको थियो। त्यसपछि चारपाङ्ग्रे स्कुटीमा सवार एक महिला र दुई बालबालिकासँग आमने–सामने ठक्कर दिएको थियो। घटनाले इलाकामा सनसनी फैलाएपछि आसपासका मानिसहरू घटनास्थलमा पुगेका थिए। घटनामा परी महिला र तिनका दुई बच्चालाई स्थानीयले उद्धार गरी बागडोग्रा प्राथमिक अस्पताल पुऱ्याएका थिए। घटनापछि आक्रोशित जनताले सो स्थानमा ट्राफिक व्यवस्था गर्न माग गरेका छन्। ट्राफिक पोइन्ट नहुँदा यस प्रकारको दुर्घटना बारम्बार हुने गरेको स्थानीयको भनाइ छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement