तीर्थयात्रीको सुरक्षालाई ध्यानमा राख्दै मेलाअघि नै गंगासागर घेराउ

IMG-20221226-WA0245.jpg

कोलकता: गंगासागर मेला ८ जनवरीबाट केहि हप्तामा सुरु हुँदैछ। मेलाअघि गंगासागरस्थित कपिलमुनि मन्दिर परिसरमा ठूलो संख्यामा भक्तजनको घुइँचो लागेको छ भने यस वर्ष सागर संगममा कीर्तिमानी संख्यामा भक्तजनको भिड लागेको छ। सुरक्षाको दृष्टिकोणले गंगासागर मेला परिसरलाई प्रदेश प्रहरीले घेरा हालेको छ। गंगासागर मेलामा आउने भक्तजनको सुरक्षामा प्रदेश सरकार कुनै कसर बाँकी राख्न चाहँदैन। मेलाका दिनहरूका लागि सुन्दरवन प्रहरी जिल्लाबाट लगभग १३ हजार अस्थायी होमगार्डहरू खटाइने बताइएको छ। प्रहरी उपरीक्षक दर्जाका ३० जना थप अधिकृतले सदैव निगरानी गर्ने छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement