ग्रीनको ५ विकेट, केवल १८९ रनमा अलआउट भयो दक्षिण अफ्रिका

IMG-20221226-WA0247.jpg

क्यामरुन ग्रीनको घातक बलिंगको दममा अष्ट्रेलियाले दोस्रो क्रिकेट टेस्ट म्याचको पहिलो दिन नै दक्षिण अफ्रिकालाई समस्यामा पाऱ्यो। मेलबर्न क्रिकेट ग्राउण्डमा सोमवारदेखि शुरु दोस्रो टेस्ट म्याचको पहिलो दिन दक्षिण अफ्रिकाको पहिलो ईनिंग्स केवल १८९ रनमा समाप्त भयो। त्यसपछि अष्ट्रेलियाले दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा उस्मान ख्वाजा (१)-ले विकेट गुमाएर ४५ रन बनायो। ओपनर डेविड वार्नर ३२ र मार्नस लाबुशेन ५ रनमा अविजित छन्। आयोजक अष्ट्रेलिया अहिले पहिलो ईनिंग्सको आधारमा १४४ रन पछि रहेको छ। वार्नरका साथी ओपनर ख्वाजा केवल १ रन बनाएर सातौं ओभरमा आउट भए। उनको विकेट कागिसो रबाडाले हासिल गरे।
यसअघि ग्रीनको करियरको सर्वश्रेष्ठ बलिंग अघि दक्षिण अफ्रिकाको ब्याटिंग क्रमले आत्मसमर्पण गऱ्यो।

मेलबर्न क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाको शुरुवात निराशाजनक रह्यो अनि ६७ रनसम्म ५ विकेटको पतन भइसकेको थियो। कप्तान डीन एल्गरले २६ र सारेल एर्वीले १८ रनको योगदान दिए। यसरी शुरुमै ५ विकेटको पतनपछि विकेटकीपर काइल भेरेने (५२ रन) र मार्को जानसेन (५९ रन)-ले ईनिंग्स मरम्मती शुरु गरे। यी दुईले छैटौं विकेटको निम्ति ११२ रनको साझेदारी गरे। ग्रीनले ६५औं ओभरमा भेरेनेलाई आउट गर्नको साथै दक्षिण अफ्रिकाले फेरि लगातार अन्तरालमा विकेट गुमायो। यसरी दक्षिण अफ्रिकाको पहिलो ईनिंग्स केवल १८९ रनमा समाप्त भयो। ग्रीनले १०.४ओभरमा २७ रन खर्च गरी ५ विकेट लिए। यसबाहेक मिचेल स्टार्कले २ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement