सिलगढी: केन्द्र सरकारले सिलगढी र पूर्वोत्तर क्षेत्रको सुरक्षामा कडा नजर राखिरहेको छ। यदि कुनै राष्ट्रविरोधी शक्तिले टाउको उठाउन खोज्यो भने केन्द्रले कडा कारबाही गर्नेछ। सोमबार दिल्लीबाट बागडोगरा एयरपोर्टमा अवतरण गरेपछि केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रामानिकले यस्तो बताएका हुन्।
उनले धेरै दिनदेखि सिलगढी सहरमा विद्रोही संगठन र आतंकवादी गतिविधिको प्रयास भइरहेको बताए। उनले प्रदेश र केन्द्र सरकारले मिलेर काम गरे कुखुराको घाँटी सुरक्षित हुने बताए। साथै, कोरोनाको नयाँ भेरियन्टका सम्बन्धमा उनले भारतका प्रधानमन्त्रीको निर्देशनबमोजिम विगत २ वर्षदेखि कोरोनासँग लड्दै आएको बताए। हाम्रा अग्रपंक्तिका कार्यकर्ताहरू धेरै सावधानीपूर्वक काम गरिरहेका छन्। तर, कोरोनाको संक्रमणबाट जोगिन सबै सचेत छन्। खोप र बूस्टर डोज पहिले नै दिइएको छ। उनले सबैलाई सचेत रहन आग्रह गरे।