राजगञ्ज: जलपाइगढी ट्रक ओनर्स एसोसिएसनको ब्राञ्च अफिसको उद्घाटन राजगञ्जका विधायक खगेश्वर रायले गरे। राजगञ्ज खण्ड अन्तर्गत पानीकौरी ग्राम पञ्चायतको मगराडाङ्गी संलग्न आमबारी शिल्प तालुक अघि आज उक्त ब्राञ्च अफिसको उद्घाटन गरियो। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, आईएनटीटीयुसीद्वारा अनुमोदित गोशाला मोड़स्थित ट्रक ओनर्स एसोसिएसनको ब्राञ्च अफिस मगराडाङ्गी संलग्न आमबारी शिल्प तालुक अघि खोलिएको छ। यस अवसरमा आईएनटीटीसी का राजगञ्ज ब्लक अध्यक्ष मोहम्मद सलेमान, पञ्चायत सदस्य दीपक मण्डल, उत्तम राय सहित अन्य उपस्थित थिए।