खोरीबारी: एकजना युवकलाई पुलिसले नकली लटरी तस्करी गरेको आरोपमा पक्राउ गरेको छ।सो युवकलाई आज सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले पक्राउ गरेको युवक खोरीबारीको डाङ्गुजोत निवासी २० वर्षीय प्रेमकुमार शाहको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार नकली लटरीको तस्करी गरिरहेको गोप्य सुइँको पाएपछि पुलिसले अभियान चलाएर खोरीबारीबाट सिलगढी जाने सडकबाट एउटा वाहनलाई जफत गरेर छानबीन गर्दा धेरै मात्रामा नकली लटरी उद्धार गरेको बताइएको छ। पुलिसले १० लाख रुपियाँको नकली लटरीसहित वाहन चालकलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।