दार्जीलिङ: ‘नेताहरूले आश्वसन मात्र दिए, तर अजय एडवार्डसले कार्य रूपमा गरेर देखाए’, भन्दै भुटा खेतीका बासिन्दाहरूले रमाए। सोनादा पच्याङ समष्टिअन्तर्गत भुटा खेती र राई धुरालाई जोडन अजय एडवार्डसले जेसीपी चलाए। भुटा खेतीदेखि सोनादा बजार आइपुग्न धेरै बाटोहरू घुम्न पर्ने हुनाले स्थानीय बासिन्दाहरूले भुटा खेती र राई धुराको बाटो जोडी दिने पहाडको राजनैतिक दलहरूको नेतृत्वहरू समक्ष माग गर्दै आइरहेका थिएl तर आश्वसन मात्र पाएको स्थानीय बासिन्दाहरूको भनाइ छ।
गएको केही महिना अघि हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसले भुटा खेती, राई धुरा आदि क्षेत्रहरूको भ्रमणमा निस्केका थिएl त्यस अवधि स्थानीय बासिन्दाहरूले आफूहरूले भोग्न परेको समस्याहरू सुनाउँदा भुटा खेती र राई धुराको बाटोलाई जोड्ने वचन दिएका थिए। अध्यक्ष अजय एडवार्डसले आफ्नो वचन पूरा गर्दै भुटा खेती र राई धुराको बाटोलाई जोड्न आज जेसीपी पठाइदिएl हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता सुमन तामाङ, समष्टि अध्यक्ष प्रेम दावा, सचिव महेन्द्र राई, सुरक्षा शर्मा आदिको उपस्थितिमा पूजा पाठ गरेर भुटा खेती र राई धुराको बाटोलाई जोडन कार्य शुरू गरियो। यस अवसरमा गाउँको एक वृद्ध व्यक्तिले पत्रकारहरूसँगको कुराकानीमा अजय एडवार्डसले समाजिक कार्यहरू बारे सुनेको बताउँदै आज आफ्नै आखाँले देख्न पाएको बताए। भुटा खेती र राई धुराको बाटो जोड्दा भुटा खेती, राई धुरा अनि रम्बुक क्षेत्रका बासिन्दाहरूलाई धेरै फाइदा पूग्ने भन्ने हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता सुमन तामाङले बताए। भुटा खेतीदेखि राई धुरासम्म दुरित्व तीन सय मीटर जति रहेका छन् भने भुटा खेतीदेखि सोनादा बजारको दुरित्व ६ किलो मीटर जति रहेको तामाङले बताए।