मनजीत इलेभेन सेमिफाइनलमा, भेटरन्समा रोयल एफसी विजयी

IMG_20221226_120653.jpg

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा मनजीत इलेभेन (मिलनमोड़)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो । कालीझोड़ा फूटबल मैदानमा आइतवार भएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा मनजीत इलेभेनले सेभोक फूटबल एकाडमीलाई टाईब्रेकरमा ८-७-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसरी नै भेटरन्स टुर्नामेण्टमा रोयल एफसी भेटरन्सले कालीझोड़ा भेटरन्सलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। ओपन टुर्नामेण्टमा जम्मा २८ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २७ र २८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement