महकुमा स्तरीय महिला लीग कम् नक्आउट फूटबल टुर्नामेण्टको फिक्स्चर जारी

IMG-20221226-WA0100.jpg

खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजन गरिने महकुमा स्तरीय महिला लीग कम् नक्आउट फूटबल टुर्नामेण्टको दोस्रो संस्करणको फिक्स्चर जारी गरियो। स्थानीय मण्टिभियट खेल मैदानमा हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा सातवटा टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको उद्घाटन म्याच २७ दिसम्बरमा खेलिनेछ। त्यस म्याचमा खरसाङ युनाइटेड सिस्टर्स र हिल्स फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल ३ जनवरीमा हुनेछ। यसरी नै फाइनल ५ जनवरीमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement