साल २०२२-मा कोहली र रोहितलाई पछि छोड़्न सफल भए श्रेयस अय्यर

IMG-20221226-WA0098.jpg

भारतले बंग्लादेशलाई टेस्ट सीरीजको दोस्रो तथा अन्तिम म्याचमा ३ विकेटले पराजित गऱ्यो। यो भारतको साल २०२२-मा अन्तिम अन्तर्राष्ट्रिय म्याच थियो। भारतले दक्षिण अफ्रिकामा टेस्ट म्याचको साथ सालको शुरुवात गरेको थियो। भारतीय क्रिकेट टीमले यस साल एशिया कप र टी२० वर्ल्ड कपमा सफलता हासिल गर्न सकेन। टीमको रूपमा दुईवटा प्रमुख टुर्नामेण्टमा ट्रफी जित्न नसके पनि धेरै खेलाड़ीहरूले पूरा साल असाधारण प्रदर्शन गरे। यस साल भारतको निम्ति असाधारण गर्ने शीर्ष पाँच ब्याटरहरूः
५) रोहित शर्माः कप्तान रोहित शर्माको निम्ति साल २०२२ मुश्किलहरूले भरिएको रह्यो। २०१४ पछि यो पहिलो साल रह्यो, जब रोहितले एउटा पनि शतक बनाउन सकेनन्। उनसे ३९ वटा म्याचको ४० वटा ईनिंग्समा ९९५ रन बनाए। यसमा ६ वटा अर्द्धशतक सामेल छ। उनको औसत केवल २७.६३-को रह्यो। यस साल रोहितको सर्वाधिक स्कोर अविजित ७६ रन रह्यो। यस साल उनलाई चोटले पनि सतायो। उनले चोटले गर्दा नै यस सालको शुरुवातमा दक्षिण अफ्रिका विरुद्ध सीरीज खेल्न सकेनन्। कोरोनाले गर्दा ईंग्ल्याण्डमा पनि टेस्ट खेल्न सकेनन्। त्यसपछि बंग्लादेश विरुद्ध टेस्ट सीरीजको अवधि पनि उनलाई चोट लाग्यो।
४) विराट कोहलीः कोहलीले यस साल लय हासिल गर्दै २ वटा अन्तर्राष्ट्रिय शतक बनाए। दुई सालसम्म शतकको प्रतीक्षा गर्ने कोहलीले अन्तमा गएर एशिया कप टी२० टुर्नामेण्टको अवधि अफगानिस्तान विरुद्ध शतक बनाए। त्यसपछि उनले बंग्लादेश विरुद्ध वनडे म्याचमा पनि शतक बनाए। उनले यस साल ३७ वटा म्याचमा ३८.५१-को औसतले १३४८ रन बनाए। टी२० वर्ल्ड कपमा उनी सबैभन्दा धेर रन बनाउने ब्याटर रहे। टेस्ट क्रिकेटमा चाहिँ उनले यस साल अधिक रन बनाउन सकेनन्।
३) रिषभ पन्तः केही म्याचहरूलाई छोड़ेर भारतका विकेटकीपर-ब्याटर रिषभ पन्तले यस साल सीमित ओभरहरूका प्रारूपमा केही खास प्रदर्शन गर्न सकेनन्। त्यसपछि पनि उनी सर्वाधिक रन बनाउने भारतीयहरूका सूचीमा तेस्रो स्थानमा रहे। पन्तले ४३ वटा ईनिंग्समा ३७-को औसत र १०१-को स्ट्राईक रेटले १३८० रन बनाए। यस साल उनले तीनवटा शतक बनाए। यसमा उनले दुईवटा टेस्ट म्याचमा अनि एउटा वनडेमा शतक बनाए। यसको साथमा उनले ७ वटा अर्द्धशतक पनि बनाए। पन्त यस साल टेस्टमा सर्वाधिक रन बनाउने भारतीय ब्याटर रहे।
२) सूर्यकुमार यादवः टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा मात्र ११६४ भन्दा अधिक रन बनाउने सूर्यकुमार यादवको निम्ति २०२२ यादगार रह्यो। उनले यस साल भारतको निम्ति ४३ वटा ईनिंग्समा १४२४ रन बनाए। यस अवधि उनले औसत ४०.६८-को अनि स्ट्राईक रेट १५७.८७-को रह्यो। सूर्याले यस साल आफ्नो दुवै शतक टी२० अन्तर्राष्ट्रियमा बनाए। उनी यस साल टी२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने क्रिकेटर रहे।
१) श्रेयस अय्यरः मध्यक्रमका ब्याटर श्रेयस अय्यरले २०२२-मा भारतको निम्ति अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाए। अय्यरले ३९ वटा म्याचको ४० वटा ईनिंग्समा ४८.७५-को औसतले १६०९ रन बनाए। यसमा १४ वटा अर्द्धशतक र एउटा शतक सामेल छ। यस साल उनको सर्वाधिक स्कोर ११३ रन रह्यो। निरन्तर असल प्रदर्शन गरे पनि अय्यरलाई टी२० वर्ल्ड कप र एशिया कपको टीममा चाहिँ चयन गरिएन।

About Author

Advertisement