नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १९६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,७७,३०२ पुगेको छ। त्यहिं गत २४ घण्टामा कोरोनाले २ जनाकाे मृत्यु भएकाे छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,३०,६९५ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १९० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,४३,१७९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८,८०℅ रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या आज ३,४२८ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ३५,१७३ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९०,९९,४३,७२३ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २९,८१८ जनाले कोरोना खोप लगाउनको साथ कुल २,,२०,०५,४६,०६७ जनाले यो खोप लगाइसकेको छन्।