क्रिसमसको अवसरमा रक्तदान शिविरको आयोजना

IMG_20221225_223606.png

खोरीबारी: क्रिसमस अथवा बडादिनको अवसरमा खोरीबारी ब्लकको पानीट्याङ्की रूरल डेभलपमेन्ट एन्ड एडुकेसनल सोसाइटीको तर्फबाट आज रक्तदान शिविरको आयोजना गर्यो। खोरीबारी खण्डको राजा राममोहन राय नवोदय विद्यालयमा आयोजना गरिएको रक्तदान शिविरमा गाउँका पुरुषहरू लगायत महिलाहरूले पनि रक्तदान गरे। रगतको संकट दूर गर्ने उद्देश्यले रक्तदान शिविरको आयोजना गरिएको सोसाइटीका सचिव बिमल सिन्हाले बताए। यस शिविरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, किशोरी मोहन सिंह, रत्ना सिंह राय लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement