राज्यपालले वाजपेयी र मालवीयको जयन्तीमा श्रद्धाञ्जली अर्पित गरे

2da61653-bccd-47d6-9b7b-4e7ea39714e8

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी र शिक्षाविद पण्डित मदन मोहन मालवीयको जयन्तीमा हार्दिक श्रद्धाञ्जली अर्पित गरेका छन्। राज्यपालले भनेका छन्, “भारत रत्न, ओजस्वी वक्ता, भारतीयताका प्रतीक अटल बिहारी वाजपेयीजीको जयन्तीमा विनम्र श्रद्धाञ्जली सामाजिक चिन्तक एवं उत्कृष्ट सङ्गठन कर्ताको रूपमा तपाई सदैव हामी सबैको हृदयमा जीवित रहनु हुनेछ।”

यसरी नै पण्डित मदन मोहन मालवीयको जयन्तीको अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पित गर्दै राज्यपालले भनेका छन्, ‘राष्ट्रको सांस्कृतिक एवं शैक्षणिक चेतनाका प्रतिमूर्ति महान शिक्षाविद, कुशल राजनीतिज्ञ, काशी हिन्दू विश्वविद्यालयका प्रणेता भारत रत्न महामना पंण्डित मदन मोहन मालवीयजीलाई जयन्तीमा कोटि-कोटि नमन।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement