ख्रीस्त जन्मोत्सव सन्त थोमस पल्लीमा भव्य रूपमा पालन

photocollage_20221225203616323.jpg

गान्तोक: २५ दिसम्बर यानी बडा दिन पहाड़का चर्चहरूमा खुबै भक्तिभावकों साथ प्रभु ईशुको जन्मोत्सव पालन गरियो।सन्त थोमस पल्ली गान्तोकमा पनि प्रभु ईशुको जन्मोत्सव बढ़ो हर्षोल्लासको साथ पालन गरियो। यस अवसरमा सन्त थोमस पल्लीका ख्रीस्तभक्त साथै वरपरका ख्रीस्तभक्तजनको भरीसङ्ख्यामा पूजन पद्धति एवं प्रार्थना सभामा उपस्थिति रहेको थियो। आगमन अथवा ख्रीस्तमस रात्री जागरण रातको अन्तिम २४ दिसम्बरको दिन यहाँको सन्त थोमस चर्चमा पल्ली पिता मान्य. फादर जेराड लेप्चा र आमन्त्रित फादर क्रिसमीन लेप्चाले ख्रीस्तमस रात्री जागरण रीतको अवसरमा पवित्र मिस्सा बलिदान अर्पण गरे। यस मिस्साबलिदान अनुष्ठानमा ख्रीस्त भक्तहरूलाई सम्बोधन गर्दै पल्ली पुरोहित फादर जेराड लेप्चाले माता मरियाले जुन कष्टमा बालक ईशुलाई जन्म दिइन्। यो अलौकिक र रहस्यमय क्षणको साक्षी हुन् भनी बताउँदै त्यसताको समय आजको जस्तो कुनै प्रकारको सुविधा र भौतिक सुविधाहरू थिएन भने हर गुहार माग्ने कोही पनि थिएनन्। माता मरिया र पति सन्त जोशेफ अनि वरिपरि गाउँका गाई-गोरु गोठालाहरू मात्र थियो बालक ईशुलाई टाट्नोमा सुताएको थियो। प्रभुको इच्छामा यो सबै भएको फादर जेराडले जनाए। आफूलाई खाली बनाएर अरूलाई सेवा गर्नु नै यस जन्मोत्सवको खास अर्थ बन्छ। सानो उपहार भए पनि प्रेमको उपहार महान हुन्छ। भजन मण्डलीद्वारा क्यारल सिंगिंगको पनि आयोजन गरिएको थियो। उक्त क्यारल सिंगगिंग किरण छेत्रीले नेतृत्व गरेका थिए भने पल्ली पुरोहित फादर जेराड लेप्चाको अगुवाईमा ख्रीस्तको जन्मोत्सवको शुभागमनमा मिस्सा- बलि अर्पण सम्पन्न भयो। फादर क्रिसमीन लेप्चाले मिस्साबलिदान अपर्ण गरेका थिए भने फादर लेप्चाले आफ्नो उपदेशमा बालक ईशुको जन्म कसरी र किन यो? न्ने रहस्यमय सत्य घटनालाई विस्तारपूर्वक प्रकाश पारे। यस अवसरमा चर्चका स-साना नानीहरूले ख्रीस्त देह परम प्रसाद (म्युनेन) पहिलोपल्ट ग्रहण गरे भने उनीहरूलाई पल्ली पिताद्वारा प्रमाण पत्र र उपहार पनि प्रदान गरियो। यही अवसरमा प्रभु ईशुको जन्मोत्सवमा प्रीति भोजको पनि आयोजन गरिएको थियो ।दार्जीलिङ धर्मप्रान्तका पल्ली यसैगरी सिक्किम मण्डलीहरूमा पनि खुबै भक्तिभावका साथ ख्रीस्त जन्मोत्सव मनाइएको जानकारी सन्त थोमस चर्चका प्रचार- प्रसार सचिव दीप हेनरी प्रधानले प्रेस विज्ञप्तिमा जनाएका छन्।

About Author

Advertisement