मिरिकको २३ नम्बर समष्टिको परिभ्रमण गोजमुमो अध्यक्ष बिमल गुरुङद्वारा

IMG_20221225_201603.png

मिरिक: हाल मिरिक भ्रमणमा छन् गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ। बिमल गुरूङ हिजो साँझ मिरिक आइपुगेपछि आज बिहानैदेखि तिनले यहाँको २३ नम्बर समष्टि अन्तर्गत पर्ने सियोक, ओकाइटी अनि धर्बु चियाबगानको सिस्ने, एकतिस गाउँको भ्रमण गरेर त्यहाँका मानिसहरूसित भलाकुसारी गर्ने बताए। यो भ्रमण पञ्चायत चुनाउसित सम्बन्धित नरहेको पनि उनले बताए। तिनले अझ भने, आफू त्रिस्तरीय पञ्चायत चुनाउको पक्षमा रहेको खुलासा गर्दै पञ्चायत चुनाउमा आफूहरू लड्ने बताए। पञ्चायत चुनाउ भनेको संवैधानिक व्यवस्था हो, यो जीटीए जस्तो होइन त्यसर्थ गोर्खा जनमुक्ति मोर्चा चुनाउ सम्पन्न भएको खण्डमा निसन्देह चुनाउ लड्ने बताए। सरकारले जारी गरेको रोष्टरबारे असन्तुष्टि व्यक्त गर्दै बिमल गुरूङले उक्त रोष्टर गलत रहेको अनि यसले जनताको आकांक्षा पुरा गर्न नसक्ने दावी गरे। तिनले यसबारे दार्जिलिङका जिल्लापाल अनि राज्य सरकारलाई समेत पत्राचार गरिरहेको बताए पञ्चायत चुनाउ आवश्यक छ। धेरै लामो समयदेखि पञ्चायत चुनाउ नभएकोले गर्दा ग्रामीण भेकका मानिसहरू सुविधा सहुलियतबाट वञ्चित भइरहेको भान गर्दै गुरुङले अझ त्रिस्तरीय पञ्चायत चुनाउले धेरै जिम्मेवारी अनि क्षमता बोक्न सक्ने सम्भावना जताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement