खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समिति कार्यालय आज श्रमिक संगठनका मूल सचिव शरण विश्वकर्मको बाहुलीबाट रिबन काटेर शुरुवात गरेका छन्। दैनिक रुपमा राेजी राेटी गरेर खाने श्रमिकहरुकाे विभिन्न समस्याहरु अब उसाे यस कार्यालयबाट नै हल भएर जाने कुरा मूल सचिव शरण विश्वकर्मले बताएका छन्। उनले भने, विभिन्न राजनैतिक पार्टीका श्रमिक संगठनहरु खरसाङमा रहेता पनि भने जस्तो श्रमिकहरुकाे हितमा कार्य भने कसैले पनि गरेकाे छैन। हामी लागिपरेका छाैं र सरकारबाट आउने श्रमिकहरुकाे सहुलियतको अब हरेक श्रमिककाे घर घरमा पुग्ने छन्। विगत केही दिन अघि मात्र हामीले जीटीएका विभिन्न ओहोदामा रहेका सभासदगणलाई हाम्रो समस्याहरी विषयमा अवगत गराएका छाैं र सभासदहरुले पनि हाम्रो मांगहरू गम्भीरतापूर्वक लिएको अनि भविष्यमा पूर्ण सहयोग गर्ने वचन दिनु भएको छ। आगमी जनवरी महिनाकाे दोस्रो सातामा एक महत्त्वपूर्ण सभा रखिने भएको जानकारी पनि आज संगठनकाे तर्फबाट कार्यवाहक अध्यक्ष एल्जिन ब्राह्मणले बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, बढ्दाे रेट विषय लिएर हामीलाई धेरै गुनासोहरु आईरहेका छन् र यस विषयमा अन्तिम निर्णय आगामी सभामा तय गरिनेछन्।

खरसाङ क्षेत्रहरुमा दैनिक कामदारहरुकाे मूल्य धेरै बेसी भएर गएकाे छ र संगठनले ताेकेकाे दरभन्दा बेसी कसैले पनि लिएको खण्डमा उनीहरुलाई सांगठनिक हिसाबले कार्वाही गरिनेछन्। आजकाे सभामा प्रमुख रूपमा संगठनका उप सभापति अशाेक प्रधान, हाेटल सेक्टरका काेषाध्यक्ष रञ्जन तामाङ, दिलाराम शाखाका मूल सचिव प्रवाकर सार्की, सदस्य विकाश सार्की, जीवन मोहरा, सन्दिप बालकाेठि साथै अन्य सदस्यहरु उपस्थित रहेका थिए।










