नवौं मिलनमोड़ गोल्ड कपः आमुक्त परिवार क्वार्टर फाइनलमा

IMG-20221225-WA0285.jpg

मधुर मिलन संघ, मिलनमोड़को तत्त्वावधानमा आयोजित नवौं मिलनमोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा आमुक्त परिवारले क्वार्टर फाइनलमा स्थान बनायो। आइतवार मिलनमोड़ खेल मैदानमा भएको म्याचमा आमुक्त परिवारले परिमलनगर स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट मिलन राई (पेनल्टी) र गिल्सेन लिम्बुले गोल गरे। यसरी नै परिमलनगर स्पोर्टिंग क्लबबाट बिराज बर्मनले पेनल्टीबाट १ गोल गरे। विजेता टीमबाट गिल्सेन लिम्बुलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै शनिवार खेलिएको म्याचमा युनाइटेड दार्जीलिङले सिंगलिंग स्पोर्टिंग क्लबलाई ४-१-ले पराजित गऱ्यो। अब मंगलवार खेलिने दोस्रो राउण्डको म्याचमा गत विजेता दार्जीलिङ पुलिस र सीएनएफए मिलनमोड़बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ५ र ६ जनवरीमा हुनेछ। यसरी नै फाइनल 8 जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement