दार्जीलिङको सिंहमारी नजिक सूम टी स्टेटको सूम भेटरन्स क्लब को तत्त्वावधानमा स्म्याक (एस.एम.ए.के.के) ओपन नक्आउट फूटबल टुर्नामेण्टमा दार्जीलिङको सेण्ट जोसेफ कलेजले क्वार्टर फाइनलमा स्थान बनायो। आइतवार भएको म्याचमा सेण्ट जोसेफ कलेजले कञ्चनजंघा एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रीतम सुब्बाले दुवै गोल गरे। म्याच हारे पनि केएफसी-का फरवर्ड अरुण तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यस सेभेन ए साइड आमन्त्रणी टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइएको छ।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव दिवाकर आलेले बताए।










