तेस्रो सशिता छेत्री स्मृति फूटबल टुर्नामेण्टः मिक्स्ड अप् बोइज विजयी

IMG-20221225-WA0276.jpg

लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशनको आयोजनमा सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करण आइतवारदेखि शुरु भयो। लोप्चु जनमैदानमा आज भएको उद्घाटन म्याचमा मिक्स्ड अप् बोइज, खरसाङले तरुण खेलकुद संघ, दार्जीलिङलाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा मिक्स्ड अप् बोइजबाट पवन सुब्बाले २ अनि अभिनय थापाले १ गोल गरे। यसरी नै तरुण खेलकुद संघबाट अमन सुब्बा, नावान्ह र निश्चल कार्कीढोलीले गोल गरे। मिक्स्ड अप् बोइजका रोहन राईलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल ११ र १२ जनवरीमा हुनेछ।

यसरी नै फाइनल १५ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा एकाडमी नाइट्स (एके), गान्तोक च्याम्पियन रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement