खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक नारी शक्ति तीनधारे महानदी समष्टिको सभा नरबुङ चियाबारी बुथमा सम्पन्न भएको छ। उक्त सभा शोभा प्रधानको अध्यक्षता र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको केन्द्रीय सह सचिव राजेस थापाको सञ्चालनमा सम्पन्न भएको छ। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टीको सांगठनिक सचिव विपन विश्वकर्म, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, समष्टी सचिव भगवती प्रधान, युवा शक्तिको तीनधारे महानदी समष्टिको सभापति केवल राई, सचिव सञ्जीव मंगर, नरबुङ बुथ कमिटीको सभापति मातृका देवान लगायत अन्यहरू उपस्थित रहेका थिए। सभामा समष्टी सभापति राजीव थापा, नारी शक्तिको सभापति निरा प्रधान अनि सचिव भगवती प्रधानले वक्तव्य राखेका थिए। यसै सभामा नै नरबुङ चियाबारीमा नारी शक्तिको बुथ स्तरीय कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति शोभा प्रधान, सचिव सुनिता छेत्री, तीनजना उप सभापतिहरू र तीनजना सह सचिवहरू, प्रचार प्रसार सचिव लगायत ४८ जनाको कार्यकारिणी सदस्याहरू मिलाएर नारी शक्तिको बुथ स्तरीय कमिटी गठन गरिएको छ।










