वामपन्थी पार्षदकाे पत्रकार सम्मेलन
सिलगढी: सिलगढीका २२ नम्बर वडाका पार्षद दीप कर्माकरले मेयरलाई जानकारी दिए पनि वार्डका सडक मर्मत नगरिएको गुनासो गरेका छन्। आइतबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई सम्बोधन गर्दै तिनले मेयरप्रति असहयोगको आरोप लगाए। तिनले केही महिनाअघि मेयरलाई लिखित जानकारी गराए पनि काम नभएको बताए। पत्रकार सम्मेलनमा माकपा नेता जिवेश सरकार, काउन्सिलर शरदेन्दु चक्रवर्ती, मौसमी हाजरा सहभागी थिए। यसबाहेक, जिबेश सरकारले सिलगढीको वर्तमान कानुनी अवस्था बिग्रिएको गुनासो गरे। तिनले सहरमा एकपछि अर्को आपराधिक घटना भइरहेका छन्। आजकल सिलगढीमा बदमाशहरू र तिनीहरूको दुराचार चरम सीमामा छ।










