आक्रोशित छोराले बाबुको हत्या

IMG_20221225_143340.jpg

अलिपुरद्वार: छोराको हातबाट बाबुको निर्मम हत्याको सनसनीपूर्ण घटना अलिपुरद्वार थानाको तिनमेल क्षेत्रमा भएको छ। यो घटना आइतबार बिहान भएको हो। मृत्यु हुनेको नाम कृष्ण रविदास (७२) हो। आरोपित छोरा ज्ञान रविदासलाई प्रहरीले पक्राउ गरेको छ।
स्थानीयवासीकाअनुसार कृष्ण रविदास दैनिक ज्याला मजदुरीको रुपमा काम गर्थे। छोरा बेरोजगार भएर घरमै बसे। उनी मानसिक रुपमा अपाङ्ग रहेको बताइएको छ। बिहान बाबु छोराबिच कुनै कुरालाई लिएर झगडा भयो। आक्रोशित छोराले बाबुमाथि लाठी प्रहार गरेका छन्। जसका कारण बाबुको घटनास्थलमै मृत्यु भएको थियो। खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले शव बरामद गरेको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। हत्याको खबरले क्षेत्रमा सनसनी फैलिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement