शक्ति संघ सेमिफाइनलमा

IMG_20221224_235211.jpg

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालीझोड़ा शाखाको तत्त्वावधानमा आयोजित गोपाल प्रधान स्मृति विनर ट्रफी अनि शहीद उत्तम प्रधान स्मृति रनर अप् ट्रफी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शक्ति संघ, कालीझोड़ाले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। कालीझोड़ा फूटबल मैदानमा शनिवार भएको क्वार्टर फाइनल म्याचमा शक्ति संघले अंश फूटबल एकाडमीलाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। आइतवार खेलिने क्वार्टर फाइनलमा मनजीत इलेभेन (मिलनमोड़) र सेभोक फूटबल एकाडमीबीच भिड़न्त हुनेछ। यसरी नै भेटरन्स टुर्नामेण्टमा कालीझोड़ा भेटरन्स र रोयल एफसी भेटरन्सबीच भिड़न्त हुनेछ। ओपन टुर्नामेण्टमा जम्मा २८ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल २७ र २८ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक विनर ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा एकाधिक आकर्षक व्यक्तिगत नगद पुरस्कार र ट्रफीहरू पनि रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *