निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्ट शुरुः नामथांग फूटबल एकाडमी विजयी

IMG-20221224-WA0388.jpg

सिम्ले युनाइटेड बोइज क्लब, मंगपूको आयोजनमा निरुकला तामाङ स्मृति कप फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। स्थानीय मंगपू डीविजनल खेल मैदान (शारदा हायर सेकेण्डरी स्कूल नजिक)- मा आज भएको उद्घाटन म्याचमा नामथांग फूटबल एकाडमी (सिक्किम)-ले जीत हासिल गऱ्यो। चरम रोमाञ्चक म्याचमा नामथांग फूटबल एकाडमीले पहाड़ी युवा संघ, रोंगचोंगलाई ३-२-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १९ र २० जनवरी २०२३-मा हुनेछ। फाइनल २२ जनवरीमा खेलिनेछ। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई निरुकला तामाङ स्मृति विनर्स ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई नन्दमाया मंगर स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *