जागिरको नाममा महिलालाई वेश्यावृत्तिमा धकेल्ने गिरोहको पर्दाफास

SAVE_20221224_215815.jpg

चारजना पक्राउ

सिलगढी: जागिर दिने नाममा महिलालाई वेश्यावृत्तिमा धकेलने सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। सिलगढी महानगरीय प्रहरी अन्तर्गत प्रधान नगर प्रहरी थानाको प्रहरी र गुप्तचर विभागले यस्तो एउटा गिरोहको पर्दाफाश गरी यस गिरोहमा संलग्न एक महिला सहित चार जनालाई पक्राउ गरेको छ। जानकारीका अनुसार एक महिलाले शनिबार प्रधाननगर प्रहरी चौकीमा यस सम्बन्धमा लिखित उजुरी दिएकी छन्। उनले आफ्नो गुनासोमा सिलगढीमा धेरैले रोजगारी दिने नाममा महिलालाई बाहिरबाट ल्याएर वेश्यावृत्तिमा लाग्न बाध्य पारेको बताइन्। उजुरी पाएपछि प्रहरीले यस मामिलामा शनिबार सिलगढीबाट एक महिला र तीन पुरुषलाई पक्राउ गरेको थियो। यससँगै प्रहरीले त्यहाँबाट चारजना महिलालाई पनि बरामद गरेको छ। प्रहरी नायब उपरीक्षक ट्राफिक अभिषेक गुप्ताले शनिबार प्रधाननगर प्रहरी चौकीमा पत्रकार सम्मेलन गर्दै अनुसन्धानलाई ध्यानमा राखेर पक्राउ परेकाहरुको नाम सार्वजनिक नगरिएको र पक्राउ परेकाहरुलाई हिरासतमा लिई उनीहरुमा अरु कोही संलग्न छन् वा छैनन् भन्ने अनुसन्धान भइरहेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *