राज्यपालले दिए सिक्किमवासीहरूलाई क्रिसमसको बधाई अनि शुभकामना

photocollage_20228723517446.jpg

गान्तोक: सिक्किमका राज्यपालले सिक्किमवासीहरुलाई बडा दिनको शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘म सिक्किमका मानिसहरू, विशेष रूपमा इसाई समुदायलाई क्रिसमसको अवसरमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु। प्रभु यीशुको जीवन भाइचारा, सहनशीलता र शान्तिको उदाहरण हो। उनका सन्देशहरू आज पनि अत्यन्त प्रासंगिक छन्। उनको जीवनले मानवलाई सदैव राम्रो मार्गमा हिड्न शिक्षा दिइरहनेछ। राज्यपालले अझ भनेका छन्, ‘म सिक्किमका मानिसहरूलाई ईसा मसीहले दिएका प्रेम अनि करुणाका गुणहरू आफ्नो व्यवहारमा समाहित गर्न तथा सबै समुदायबिच मानवता र भाइचाराको भावनालाई बलियो बनाउने आग्रह गर्दछु सबैलाई क्रिसमसको शुभकामना।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *