क्रिसमसको राज्यवासीहरूमा हार्दिक बधाई दिए मुख्यमन्त्रीले

IMG_20220708_234950.jpg

गान्तोक: सिक्किमका मानिसहरू, विशेष गरि इसाई समुदायमा क्रिसमसको हार्दिक बधाई मुख्यमन्त्री प्रेमसिंह तामाङले व्यक्त गरेका छन्। मुख्यमन्त्रीले जारी आफ्नो सन्देशमा सद्गुण र विश्वासको जीवन जीउन यीशु मसीहको जीवन हामी सबैका लागि प्रेरणाको स्रोत रहेको बताएका छन्। उनले क्रिसमसको सुखद अवसरमा दया, शान्ति, प्रेम र सद्भावका सद्गुणहरू सदैव समाजमा कायम रहोस् भनी प्रार्थना गरौं भनेका छन्। मुख्यमन्त्रीले सबै खुशी अनि स्वस्थ रहुन् भन्दै यो चाडहरूको मौसमले सबैको जीवन न्यानोपन र आनन्दले भरिदिउन् भनी कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement