तीनधारे महानदी समष्टि स्तरीय बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट शुरु

IMG_20221224_195323.jpg

उदघाटन खेलमा हिरो तीनधारे र लिंकन क्लब सिपाहीधुरा बिजयी

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। नव ज्योति संघ चुनभट्टीको आयोजनामा संघको पूर्व क्रिकेट खेलाड़ी बाबु प्रसादको मेमोरियलमा सम्पन्न क्रिकेट टुर्नामेन्टको उदघाटन खेलमा पहिलो म्याच हिरो क्रिकेट बजार तीनधारे र रंगटङ्ग क्रिकेट क्लबमाझ सम्पन्न भएको थियो। उक्त खेलमा हिरो तीनधारेले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा १४१ रन बनाएको थियो। १४२ रनको लक्ष्यलाई खेदो गर्दै रंगटङ्गले केवल १०० रन मात्र बनाउन सकेको कारणले हिरो बजार तीनधारेले खेल सजिलै जित्न सफल भएको थियो। आजको उदघाटन खेलको दोस्रो खेल लिंकन क्लब सिपाहीधुरा र युनाईटेड घैयाबारीमाझ सम्पन्न भएको थियो। यस खेलमा युनाईडेट घैयाबारीले पहिला व्याटिङ गर्दै ११.३ ओभरमा केवल ५१ रन मात्र बनाउन सफल बनेको थियो। उक्त लक्ष्यलाई लिंकन क्लब सिपाहीधुराले केवल ९ ओभरमा ५ विकेट गुमाएर हाँसिल गरेका छन्। अाजको उदघाटन खेलमा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा भागोप्रमो चुनभट्टी रंगटङ्ग बुथ कमिटीको सचिव प्रकाश सार्की र स्व बाबु प्रसादको दाजु कृष्ण प्रसाद पनि उपस्थित रहेका थिए।

आजको क्रिकेट टुर्नामेन्ट विषयमा नव ज्योति संघको संयोजक रञ्जित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै चुनभट्टीको नव ज्योति संघको पूर्व क्रिकेट खेलाड़ी बाबु प्रसादको मेमोरियलमा सम्पन्न गरिएको बताउँदै बाबु प्रसादले तीनधारेको मिठाईडाँड़ास्थित यसै खेल मैदानमा अहिलेम्मको व्यक्तिगत रन १०९ रन बनाएको थियो र उनैको सम्झनामा परिवारसित मिलेर यो बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट नव ज्योति संघ चुनभट्टीको आयोजनामा सम्पन्न गरिएको जानकारी गराएका छन्। उनले आफ्नो उदघाटन खेल विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्। उनले अागामी सोमबार दुईवटा खेलहरू हुने भएको बताउँदै पहिलो खेल चुनभट्टी क्रिकेट टीम र १७ माइलमाझ हुने अनि दोस्रो खेल कोपरा तीनधारे र सिलिम हिलमाझ हुने भएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *