खरसाङमा हुने दशौं शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको लागि खेल मैदानको निरीक्षण

IMG-20221224-WA0363.jpg

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा सम्पन्न हुन दशौं शहीद गोल्ड कपको लागि खरसाङको चाँदमनि खेल मैदानमा तयारी चलिरहेको छ। यसै क्रममा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको पदाधिकारीहरू आज चाँदमनि खेल मैदानको निरीक्षण गरेका छन्। उक्त टोलीमा संघको सभापति मोहन योञ्जनको अगुवाईमा उप सभापति फुर्बा घिसिङ, सचिव निर्मल गुरुङ र कार्यकारी सदस्य मोहन मोक्तान पनि उपस्थित रहेका थिए। उक्त टोलीले दशौं शहीद गोल्ड कप विषयमा खेल मैदानको तयारी गर्नलाई निरीक्षण गरेका थिए। योभन्दा अघि संघको एक सभा गरेर दशौं शहीद गोल्ड कपको लागि बिजय राईलाई कन्भेनर चयन गरेका छन्। खेल मैदानको निरीक्षण गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले अाज हामी खेल मैदानको स्थिति बुझ्नलाई गएको र दशौं शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको तयारीको लागि खेल मैदान निरीक्षण गरिएको बताएका छन्। उनले भने, ‘हामीले एक दिन अघि खेल मैदानको अनुमतिको लागि जलपहाड़ पुगेर अनुमति लिएका छौं। हामीले प्रति वर्ष १७ जनवरीदेखि 30 जनवीसम्म सहीद गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजना गर्ने गर्दछौं र यसपाली पनि १७ जनवरीदेखि खेल शुरू भएर ३० जनवरी शहीद दिवस (महात्मा गाँधीको हत्या भएको दिन) मा फाइनल आयोजना गर्ने गर्छौं। यसमा टुर्नामेन्टमा जम्मा १२ वटा टिमहरूले भाग लिनेछन् र यसको लागि गत वर्षको बिजेता र उप विजेता आफै छनौट हुने अनि यसको अतिरिक्त खरसाङमा हुने महकुमा स्तरीय टुर्नामेन्टमा बिजय हुने, स्वतन्त्रता दिवस टुर्नामेन्टमा बिजय हुने तथा दार्जिलिङ, खरसाङ र मिरिक क्षेत्रका हुने महकुमा स्तरीय टुर्नामेन्टहरूमा बिजय हुने दलहरू चयन हुने अनि यसको अतिरिक्त सिक्किम, नेपाल, भूटान र बंगलादेशको पनि टिम आउने गरेको छ।’
सचिव निर्मल गुरुङले अघि भने, अब हामी टिमहरूलाई सम्पर्क गरेर पत्रचार गर्ने र खरसाङ क्षेत्रका टिमहरूसित पनि सभा गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *