टी वर्कस वेलफेयर सोसाइटीमार्फत् खरसाङको लंगभ्यु चियाबारीमा दोस्रोपल्ट रहल रकम साथै पन्ध्रको खर्च वितरण

IMG-20221224-WA0361.jpg

खरसाङ: जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा खरसाङको लंगभ्यु चियाबारीमा दोस्रोपल्ट रहल रकम साथै पन्ध्रको खर्च वितरण गरिएको छ। आज शनिवारको दिन लङ्भ्यु चियाबारीको कारखाना परिसरमा टी वर्कस वेलफेयर सोसाइटीमार्फत् लंगभ्यु चियाबारीमा कार्यरत श्रमिकवर्गले दोस्रोपल्ट रहल रकम साथै पन्ध्रको खर्च पाएका छन्। यस अवसरमा चिया श्रमिक कल्याण समितिका चेयरम्यान साथै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन डिपुटी चेयरम्यान राजेस चौहान साथै टुङ सेन्ट मेरिज समष्टिको सभासद सभासद नुरी शेर्पाको विशेष उपस्थिति रहेको थियो।

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डिपुटी चेयरम्यान राजेस चौहानले लंगभ्यु चियाबारीको कारखानाको पनि भ्रमण गरेका थिए। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन डिपुटी चियरमेन राजेस चौहानले श्रमिकहरुलाई सम्बोधन गर्दै लंगभ्यु चियाबारी टी गार्डन वर्कस वेलफेयर सोसाइटी श्रमिकहरुको हितमा कार्य गर्ने बताए। लंगभ्यु चियाबारी मालिक पक्ष श्रमिकहरूको हितमा कार्य गर्न नसकेको साथै श्रमिकहरूलाई समयमा तलब खर्च दिन नसकेको कारण अल टी गार्डन वेलफेयर सोसाइटीमार्फत् चियाबारी संचालन गर्न बाध्य भएको जनाए। आफ्नो सम्बोधनमा उनले जीटीए प्रमुख कार्यपाल अनित थापालाई श्रमिकहरुको हितमा कार्य गर्ने नेता बताए। समष्टि सभापति मनिराज डुम्जनले आफ्नो सम्बोधनमा लंगभ्यु चियाबारीमा सोसाइटीमार्फत जुन रकमहरू वितरण भइरहेको छ यसमा कसैले पनि राजनीति नगरिदिने अनुरोध पनि गरेका छन्। उनले जीटीए प्रमुख कार्यपाल अनित थापा भाषणमा भन्दा कर्ममा विश्वास गर्ने नेता हो भनी बताए। आज दोस्रोपल्ट रहल रकम साथै पन्ध्र खर्च वितरण गरिएको कारणले चियाबारी श्रमिकवर्गमा खुशीको लहर छाएको छ साथै यस कार्यको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापा साथै क्षेत्रीय सभासद कल्पना प्रधानप्रति आभार व्यक्त गरेका छन्।

आज लंगभ्यु चियाबारी कार्यलय परिसरमा हिल तराई डुवर्स लेबर प्लानटेशन वर्कस युनियन लंगभ्यु युनिट सभापति सन्तोस गोले, सचिव सत्यम थापा, लंगभ्यु संयोजक मौसम लामा, समष्टि सभापति मनिराज डुम्जन, समष्टि प्रचार प्रसार सचिव जिनोद परियारको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement