मङपु: आजदेखि स्व. निरुकला तामाङ स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिता सिम्ले युनाइटेड बोइज क्लबको आयोजनामा स्थानीय मङपु विभागीय जनमैदानमा शुरु भएको छ। यस खेलको अध्यक्षता प्रकाशचन्द्र राई थिए। यस समारोहको प्रमुख अतिथि क्षेत्रीय कार्यकारिणी सभासद रतन थापाले फुटबलमा किक हानेर शुरू गरेको फुटबल प्रतियोगितामा २० वटा टोलीले अंशग्रहण गरेको छ। स्व. निरुकला तामाङ स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताको विजय टोलीलाई नगद राशि १.५ लाख सहित सुन जडित ट्रफी अनि उपविजेता टोलीलाई १ लाख अनि ट्रफी प्रदान गरिने भएको छ। अर्पणदीप थापाले सञ्चालन गरेको उद्घाटन खेल फुटबल एकाडमी नामथाङ सिक्किम बनाम पहाडी युवा संघ रोङचोङ माझ भीडान्त भयो। खेल शुरु भएको पहिलो हाफको २० मिनटमा नामथाङका खेलाडी जर्सी नम्बर ७ अमन राईले आफ्नो दलको पक्षमा प्रथम गोल गरे भने लगत्तै २९ मिनटमा जर्सी नम्बर १४ अमृत दाहालले दोस्रो गोल गरेर आफ्नो दललाई २ गोलले बढत दिलाए।