स्म्याक ओपन फूटबल टुर्नामेण्टः सञ्जु फूटबल एकाडमी विजयी

photocollage_20221224191838263.jpg

दार्जीलिङको सिंहमारी नजिक सूम टी स्टेटको सूम भेटरन्स क्लब को तत्त्वावधानमा स्म्याक (एस.एम.ए.के.के) ओपन नक्आउट फूटबल टुर्नामेण्टमा सञ्जु फूटबल एकाडमी (सिक्किम)-ले क्वार्टर फाइनलमा स्थान बनायो। शनिवार भएको म्याचमा सञ्जु फूटबल एकाडमीले एमएमएफसी निरपानीलाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। विजेता टीमका स्टार फूटबलर सञ्जु प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। आइतवार खेलिने म्याचमा कञ्चनजंघा एफसी र सेण्ट जोसेफ कलेज (दार्जीलिङ)-बीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड आमन्त्रणी टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइएको छ।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २९ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव दिवाकर आलेले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement