सामसिङ जन सुल्याण संघद्वारा अभ्यास पुस्तिका एक खेलकुद समाग्री वितरण

IMG-20221224-WA0328.jpg

गोरुबथान::वर्तमान समयमा सामसिङ चियाक‌मानको अवस्था ठीक छैन र प्राथमिक पाठशालामा पढ़ने विध्यार्थीहरु कमान सँगै जोड़िका छन्। पाठशाला तथा विद्यालयको २०२२ को सत्र समाप्त भएर नयाँ सत्र शुरु हुन लागेको छ। यस अवसरमा विध्यार्थीहरुलाई स्कूल प्रति चाहना बड़ोस र पठन पाठनमा कुनै बाधा नआवोस भनी सामसिङ जन कल्याण संघद्वारा सामसिङ क्षेत्रका प्राथमिक पाठशाला र शिशु शिक्षा केन्द्र गरी प्राय १५० जना विध्यार्थीगणलाई खाता -पेन्सिल, कलम वितरण गरियो।

स्थानीय खेलाडीहरुलाई खेल समाग्री पनि वितरण गरियो। भूतपुर्व शिक्षक दिलिप थापा यस कार्यक्रमका सभापतिको आसनमा थिए। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा गोरुबथानका शिक्षक एवं समाजसेवी दिल बहादुर सार्की थिए।यस कार्यक्रममा विशेष अतिथिको रुपमा शिक्षक भगत प्रधान, विभा विश्वकर्मा, मन नारायण प्रधान, प्रधान शिक्षक रोजन प्रधान, शिक्षिका रूपा विश्वकर्म रहेका थिए। यसै कार्यक्रममा वालवालिकाका अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कमानको अवस्था ठिक नभएको बेला सामसिङ जन कल्याण संघले विध्यार्थीहरुलाई आवश्यकीय समाग्रीहरु प्रदान गरेकोमा शिक्षक शिक्षिकाहरूले संघ प्रति धन्यवाद टक्राएका छन्। प्रत्येक स्कूलका विध्यार्थीहरूद्वारा सुन्दर नृत्यहरु पनि प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरन्जान्तमक बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement