पानीघट्टा: आज पुटुङ उच्च माध्यमिक विद्यालयको विद्यालय पत्रिका ‘पानस’को दोस्रो अंक लोकार्पण एंव बार्षिक खेलकुद कार्यक्रम २०२२ सम्पन्न गरियो। विद्यालय सञ्चालन समितिका उपाध्यक्ष संजय जैरुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थापक सदस्य सीबी खवास थिए भने विशिष्ट अतिथिहरुमा विद्यालय संचालन समितिका संस्थापक सदस्यहरु के.पी.शर्मा,पीटी लेप्चा, कुमार थापा, भुपाल गोले, केबी थिङ, संस्थापक शिक्षकद्वय मणिराम छेत्री र अर्जुन थापा, सौरेनी रबिन्द्रनाथ उच्चतर माध्यमिक विद्यालयका शिक्षक प्रभारी कैलाश बान्तवा, मिरिक उच्चतर माध्यमिक विद्यालयका शिक्षक प्रभारी सुवास खाती, निरपानी कोलाबारी निम्नोच्च विद्यालयका शिक्षक प्रभारी राजु विश्वकर्मा, संचालन समितिका सचिव राजु राई, देबिका सुब्बा खवास, अजित जिम्बा आदिको उपस्थिति रहेको थियो।
विद्यालयका पूर्व शिक्षक स्व. मणिकुमार खवासको तस्वीरमा माल्यार्पण गरी शुरु गरिएको यस कार्यक्रममा शिक्षक प्रभारी महेन्द्र मोक्तानले स्वागत सम्भाषण राखेका थिए भने कार्यक्रम सञ्चालन सह शिक्षक मनोहर शर्मा र प्रणय घलेले गरेका थिए। विद्यालयको लटरी खेलालगायत बार्षिक खेलकुद अन्तर हाउस विविध प्रतियोगिताहरुमा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई उपस्थित अतिथिहरुको बाहुलीबाट पारितोषिक बितरण गरिएको थियो। अन्तर हाउस फुटबल प्रतियोगिताको फाइनल खेलमा टाइब्रेकरमा रेड हाउसले ग्रीन हाउसलाई २-० गोलको अन्तरले हरायो भने खेलामा दुवै दलले १-१ गोल गरि बराबरीमा सकिएको थियो। यस खेलको उत्कृष्ट खेलाडी राज दर्जी, गोलकिपर रेड हाउस भए।विद्यालय पत्रिका ‘पानस’को दोस्रो अंकको विधिवत लोकार्पण उपस्थित अतिथिहरुको बहुलीबाट गरियो भने प्रमुख अतिथिले पानस लोकार्पण भएको आधिकारिक घोषणा गरे।
पानसका प्रधान सम्पादक मनोहर शर्मा ‘अविनाश’ले आफ्नो सम्बोधनमा पानस प्रकाशन विषयमा आफ्नो अनुभव साझा गर्दै विद्यार्थीहरुलाई लेखनमा अभिप्रेरित गराउँन पानस प्रकाशनको उद्देश्य रहेको बताए उनले दिवांगत प्रधान अध्यापक मणि खवास सरले थालेको कार्यलाई आफुले अघि बढाएको बताउँदै भविष्यमा यसलाई वार्षिक रुपमा प्रकाशित गर्ने योजना रहेको पनि बताए। प्रमुख अतिथि सीबी खवासले पानस प्रकाशनलाई विद्यालयको सृजनशील कार्यको रूपमा परिभाषित गरे भने कार्यक्रम अध्यक्ष सञ्जय जैरुले पनि विद्यालयको यो महत्वपूर्ण कार्यको प्रशंसा गरे। अन्तर हाउस विविध प्रतियोगितामा अन्ततः अधिक अंक प्राप्त गरी रेड हाउस विजयी भयो भने ग्रीन हाउस उपबिजेता भयो। सह शिक्षक कैलाश खवासले धन्यवाद ज्ञापन गरे।