टायर बोकेको लरीबाट लाखौंको बर्मा सागौन काठ बरामद, दुई पक्राउ

IMG-20221224-WA0124.jpg

सिलगढी: वन विभागले टायरले भरिएको लरीबाट लाखौं रुपियाँ मूल्यको बर्मा सागौन काठ बरामद गरेको छ। बेलकोवा वन विभागले काठ तस्करीविरुद्ध निरन्तर अभियान चलाइरहेको छ। त्यसैगरी शनिबार बिहान गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा बेलाकोबा वन विभागका कर्मचारीले बेलाकोबा रेन्जर सञ्जय दत्तको नेतृत्वमा सिलगढी नजिकैको फुलबारी बाइपास इलाकाबाट टायरले भरिएको १४ पाङ्ग्रे लरीलाई नियन्त्रणमा लिएका थिए। उक्त लरीमा टायर मुनि धेरै संख्यामा बर्मा सागौन काठ लुकाइएको थियो।

उक्त काठ गुवाहाटीबाट कोलकतातर्फ तस्करी भइरहेको बताइएको छ। घटनामा संलग्न सवारी साधनका चालक र सहचालकलाई वन विभागले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जितेन्द्र कुमार र भोला राई दुवै बिहारका रहेका छन्। बरामद काठको मूल्य लगभग ५० लाख रुपियाँ रहेको छ। पक्राउ परेका दुवैलाई आइतबार जलपाइगढी अदालतमा पठाइनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *