कुचबिहार: बीएसएफको ९० औँ बटालियनको गोलीबारीमा एक जवानको मृत्यु भएको छ। प्रेमकुमार बर्मन नामका २४ वर्षीय युवक गितालदाह नं २, ग्राम पञ्चायतको भारबन्द गाउँका बासिन्दा रहेको खुलेको छ। प्रेमकुमार बर्मन बैंगलोरमा मजदुरको रूपमा काम गर्ने परिवारको आरोप छ। उनी केही दिनअघि घर आएका थिए र अबको दुई–तीन दिनमा बेंगलुरु जाने तयारीमा थिए। प्रेमकुमार बर्मनको कुनै तस्करसँग सम्बन्ध नरहेको परिवारको दाबी छ। आज बिहान उनी आफ्नो जमिनमा खेत निरीक्षण गर्न गएका बेला बीएसएफले गोली हानेको हो। तर, अहिलेसम्म यस विषयमा बीएसएफ वा प्रहरीबाट कुनै प्रतिक्रिया आएको छैन।