गोरुबथान: केन्द्र सरकारद्वारा लागु गरिएको भारतीय जल जीवन योजना अन्तर्गत जल वितरण कार्य चलिरहेको छ।वर्ष २०२४ भित्र घर घर जल पुग्न पर्ने भनेर नियम नै बनिएको छ।हाम्रो भेकतिर पनि जल जीवन योजनाबारे एजेन्सीहरुले काम गरिरहेको छ। यसपल्ट आँखा छल्ने काम हुनुहुँदैन। सम्पुर्ण नागरिक नै सचेत बन्न आवस्यक रहेको छ। यस्तै विषयहरु बारे पुर्ण रुपमा जानकारी गराउँदै गोरुबथान युथस एव सचेत नागरिकको पक्षमा बोल्दै सजिब अधिकारी यसो भन्छन्।