चेन्नई सुपर किंग्स (सीएसके)-ले आईपीएल २०२३-को लिलामीमा ईंग्ल्याण्ड टेस्ट टीमका कप्तान बेन स्टोक्सलाई किन्यो। सीएसके-ले यस स्टार अलराउण्डरको निम्ति १६.२५ करोड़ रुपियाँ खर्च गऱ्यो। चेन्नईको यस फसेलापछि टीमको भविष्यको योजनाको स्पष्ट झलक पाउन सकिन्छ कारण महेन्द्र सिंह धोनीले बिदा लिएपछि टीमलाई कप्तान खोज्न असुविधा हुनेछैन। यसरी नै मुम्बई इण्डियन्सको टीम गत केही सालदेखि बद्लाउको चरणमा रहेको छ। यसैकारण टीमले कायरन पोलार्डको विकल्पको निम्ति युवा अलराउण्डर क्यामरन ग्रीनलाई किन्यो। अष्ट्रेलियाका क्रिकेटरको निम्ति मुम्बई इण्डियन्सले १७.५० करोड़ रुपियाँको बोली लगायो।
करनको निम्ति खुलेर खर्च गऱ्यो पञ्जाबलेः
मुम्बई इण्डियन्सले क्यामरुन ग्रीन बाहेक पेस बलर झाय रिचर्डसन (१.५० करोड़ रुपियाँ)-लाई किन्यो। मुम्बई इण्डियन्सले गत वर्षको निराशाजनक फसेलाहरूबाट मुक्त हुँदा २५ वर्षीय ग्रीनलाई किन्यो, जो टीमको योजनामा फिट छन्। यसरी नै अहिलेसम्म आईपीएल ट्रफी जित्न नसक्ने पञ्जाब किंग्सले सेम करनको निम्ति १८.५ करोड़ रुपियाँ खर्च गऱ्यो। ईंग्ल्याण्डका यस युवा अलराउण्डरले क्रिकेटको सबैभन्दा छोटो प्रारूपमा गत केही सालदेखि असाधारण प्रदर्शन गरेका छन्। पञ्जाबले करनको साथमा सिकन्दर रजा (५० लाख रुपियाँ)-लाई पनि किन्यो। पञ्जाब किंग्सले १८.५ करोड़ रुपियाँको बोली लगाउनको साथै सेम करन आईपीएल इतिहासको सबैभन्दा महँगो खेलाड़ी बने।
लखनऊले अझ एकजना विकेटकीपर लियोः
लखनऊ सुपरजाइण्ट्सले वेष्ट इण्डिजका विकेटकीपर-ब्याटर निकोलस पूरनको निम्ति १६ करोड़ रुपियाँ खर्च गऱ्यो। यसरी नै टीमले डेनियस सेम्स (७५ लाख रुपियाँ)-लाई पनि किन्यो। टीम पहिलो सत्रमै आईपीएलको प्लेअफ्-मा पुगेको थियो तर २०२३-को सीजन उनीहरूका निम्ति सामान्य जटिल हुनेछ। कुहिनाको सर्जरीपछि देब्रे हातका पेस बलर मोहसिन खानको उपलब्धताबारे अहिलेसम्म केही स्पष्ट भएको छैन। सनराइजर्स हैदराबादले पनि ईंग्ल्याण्डका हेरी ब्रूक (1१३.२५ करोड़), मयंक अग्रवाल (८.२५ करोड़) अनि दक्षिण अफ्रिकाका हेनरिख क्लासेन (५.२५ करोड़ रुपियाँ)-माथि मोटो रकम खर्च गऱ्यो। टीमसँग ४२ करोड़ रुपियाँभन्दा अधिकको राशि थियो अनि उनीहरूले ब्रूक र मयंकमाथि नै २० करोड़ रुपियाँभन्दा अधिक खर्च गरे।
मावीमाथि रूची देखायो गुजरातलेः
गत सीजनको च्याम्पियन गुजरात टाइटन्सले पेस बलर शिवम मावी (६ करोड़), विकेटकीपर केएस भरत (१.२ करोड़) र केन विलियम्सन (२ करोड़ रुपियाँ)-लाई किन्यो। यसरी नै दिल्ली क्यापिटल्सले मुकेश कुमार (५.५० करोड़), फिल सल्ट (२ करोड़) र ईशान्त शर्मा (५० लाख रुपियाँ)-माथि बोली लगायो। टीमले आफ्ना खेलाड़ीहरू चयन गर्नमा सही फसेला गऱ्यो। मुकेश शर्मा गत सीजनमा टीमको निम्ति नेट बलर थिए अनि अहिले उनी भारत ए टीमबाट नियमित रूपले खेलिरहेका छन्।
केकेआरले किन्यो जगदीशनलाईः
कलकत्ता नाइट राइडर्सले एन जगदीशन (९० लाख) र वैभव अरोड़ा (६० लाख रुपियाँ)-लाई किन्यो। टीमसँग अधिक राशि थिएन तर तमिलनाडू प्रीमियर लीगमा असल प्रदर्शन गर्ने जगदीशनलाई हासिल गर्नु टीमको निम्ति असल रह्यो। अहिलेसम्म ट्रफी जित्न नसक्ने रोयल च्यालेञ्जर्स बेंगलोरले विल ज्याक्स (३.२ करोड़) र पेस बलर रीस टोप्ले (१.९० करोड़ रुपियाँ)-लाई हासिल गऱ्यो। राजस्थान रोयल्सले अलराउण्डर जेसन होल्डरको निम्ति ५.७५ करोड़ रुपियाँ खर्च गऱ्यो। स्टोक्स गएपछि टीमलाई एकजना असल अलराउण्डरको आवश्यकता थियो अनि टीमसँग रहेको १३ करोड़ रुपियाँको राशि स्टोक्स र ग्रीनलाई हासिल गर्न पर्याप्त थिएन। यसैकारण टीमले होल्डरमाथि चासो देखायो।