लाब्दामा ओपन नक्आउट फूटबल टुर्नामेण्टः सुपरस्टार सिटोंग सेमिफाइनलमा

IMG_20221224_110926.jpg

राइजिंग युथ क्लब, लाब्दा (मंगपू)-को तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२२-मा सुपरस्टार सिटोंगले सेमिफाइनलमा स्थान बनायो। ग्राम सेवक प्राइमरी स्कूल खेल मैदान (लाब्दा, मंगपू)-मा शुक्रवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा सुपरस्टार सिटोंगले लाब्दा ग्रीनलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट नवल लेप्चाले दुवै गोल गरे। यसरी नै लाब्दा ग्रीनबाट सन्तोष मंगरले गोल गरे। टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २६ र २७ दिसम्बरमा हुनेछ। यसरी नै फाइनल ३१ दिसम्बरमा खेलिनेछ। यस सिक्स ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement