सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा १६ जनाको मृत्यु, ४ घाइते, प्रधानमन्त्री, रक्षामन्त्री र मुख्यमन्त्रीद्वारा शोक प्रकट

IMG-20221223-WA0345.jpg

गान्तोक: मंगन जिल्लाको जेमामा सेनाको वाहन दुर्घटनाग्रस्त हुँदा १६ जनाको मृत्यु भएको थाह लागेको छ। सुत्रले जानकारी गराए अनुसार उक्त घटना आज अपरान्ह् भएको हो। प्राप्त जानकारी अनुसार तीन वटा सेनाको वाहन छातेदेखि थाङ्गु गइरहेको समयमा एउटा वाहन सडकदेखि तल खस्दा वाहनमा रहेका १६ जना सेनाको मृत्यु भएको हो। घटनाको जानकारी पाउनसाथ उद्दार टोली पुगेर घाइतेहरूको उद्दार गर्दै हेलिकप्टरको सहयोगा उपचारको निम्ति अन्य अस्पताल गरिएको छ। मृत्यु हुनेहरूमा तीन जना जेओसी र १३ जना सैनिक सामेल रहेका छन्। यसघटनामा परि चार जना घाइते भएका छन्, जसलाई हेलिकप्टरको माध्यमद्वारा उपचारको निम्ति सिलगढी लगिएको छ। यस घटनालाई लिएर देशका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले दुर्घटनामा परि प्राण गुमाउने सैनिकका परिवारलाई दुई लाख गरेर दिने घोषणा गर्दै मृतका परिवार गहिरो सहानुभूति प्रकट गरेका छन्। सोही प्रकारले देशका रक्षामन्त्री राजनाथ सिंहले पनि उतर जिल्लामा भएको दुर्घटनालाई लिएर शोक प्रकट गरेका छन्। यसरी नै राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि यस घटनामाथि शोक प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement