रोड सरकारी माध्यमिक विद्यालयको प्लेटिनम जुब्लीमा मुख्यमन्त्री सहभागी बने

22-07-51-namchi._610_H@@IGHT_0_W@@IDTH_600.jpg

नाम्ची: आज नाम्ची जिल्ला अन्तर्गत रोङ सरकारी माध्यमिक विद्यालयको प्लेटिनम जुब्ली कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ सहभागी बने। मुख्यमन्त्रीको साथमा उनकी धर्मपत्नी कृष्ण राई, शिक्षा मन्त्री केएन लेप्चा, विधायकगण आदि पनि उपस्थित थिए। मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री तामाङले विद्यालय स्थापनाको ७५औं वर्ष पूरा गरेकोमा शिक्षकगण, कर्मचारीहरू र विद्याथीहरूमा हार्दिक बधाई टक्रयाए। उनले १९४७ सालमा स्थापित यो विद्यालय सिक्किमकै एउटा पुराना विद्यालयहरू मध्ये एक रहेको बताए। उनले यस विद्यालयका संस्थापकहरूका साथै प्रधानाध्यापकहरू, कर्मचारीहरू र पूर्व विद्यार्थीहरूको योगदानको सराहना गरे। उनले विद्यालयका प्रभारीले राखेका मागहरूमाथि विचार गरेर पूरा गर्ने आश्वासन दिए। उनले शिक्षा क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै राज्यका विभिन्न संस्थानहरूमा उत्कृष्ट गुणात्मक शिक्षा प्रदान गर्ने कार्य भइरहेका छन् भनी बताए। यस क्रममा मुख्यमन्त्रीले सरकारद्वारा शुरू गरिएका कतिपय योजनाहरूमाथि प्रकाश पारे, जसमा ५० जना विद्यार्थीलाई निःशुल्क एमबीबीएस शिक्षा, आमा योजना, किशोर किशोरीहरूलाई सेनेटरी न्याप्किन वितरण आदि सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement