सिक्किमका राज्यपाल र मुख्यमन्त्रीद्वारा उत्तर सिक्किममा भएको सेनाको वाहन दुर्घटनाप्रति शोक व्यक्त

IMG_20221223_220410.jpg

गान्तोक: उत्तर सिक्किममा सेनाको वाहन दुर्घटनाग्रस्त भएर जवानहरूले आफ्नो प्राण गुमाउनु परेको घटनाप्रति सिक्किमका राज्यपाल गंगा प्रसाद र मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दुःख व्यक्त गरेका छन्। राज्यपालले आफ्नो शोक सन्देशमा उत्तर सिक्किमको लाचेन छेउ जेमा-३ मा आज भएको सड़क दुर्घटनामा परेर भारतीय सेनाका जवानहरूले ज्यान गुमाउनु परेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। यसरी नै मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले उत्तर सिक्किमको जेमामा भएको दुर्घटनामा भारतीय सेनाका १६ जवानले ज्यान गुमाउनु परेको जनाएका छन्। उनले शोक सन्तप्त परिवार र आफन्तहरूप्रति समवेदना व्यक्त गर्दै दिवंगतहरूको चीर आत्मा शान्तिको कामना गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement