खरसाङ: वर्तमानमा खरसाङको सिपाहीधुराममा अवस्थित हुडकटमा जीटीए क्षेत्रकाे ५५ जना आशा कर्मीहरुका प्रशिक्षण चलिरहेको छ।
हुडकटकाे फादर सन्दीप बेक अनि फादर प्रमोद दाभीकाे निरीक्षणमा साथै चारजना प्रशिक्षकहरूद्वारा प्रशिक्षण दिने कार्य भईरहेको छ। उक्त सेन्टरमा जीटीएको स्वास्थ्य विभागका एमओडी सभासद श्याम शेर्पाद्वारा अाज निरीक्षण गरेका छन्। यसावधि उनले फादर अनि प्रशिक्षकहरूसित भेटघाट गरेर जानकरी लिएका छन्।
यस यसबारे जानकारी गराउँदै सभासद शेर्पाले जीटीएका स्वास्थ विभागका कार्यकारिणी सभासद अरुण सिन्चीसित हामीले सोनादा प्राईमेरी हेल्थ सेन्टरकाे निरीक्षण गर्दा हामीले ट्रेनिङबारे चर्चा गरेको थियौं र स्वास्थ विभागकाे भारप्राप्त सभासद भएकोले साथै जीटीए चिफकाे निर्देशनमा आफु निरीक्षण आएर यसको जानकारी गराउनु पर्ने भएकोले यहाँ आएको बताएका छन्। सभासद श्याम शेर्पाले भने, हामीले विशेष प्रशिक्षण लिनेहरु ५५ जना नै महिलाहरु साथै प्रशिक्षकहरू ४ जना पनि महिलाहरु नै रहेकोले सेन्टरकाे विशेष सुरक्षा, खानपान र प्रशिक्षणबारे जानकारी लियौं। यसको साथै आशा कर्मीहरुका कार्य क्षेत्रमा भोग्नु परेका समस्याहरु पनि सुन्यौं र यस समस्याहरु विभिन्नकाे सभामा राखेर समाधान निकालिनेछ।

जीटीए चिफ अनित थापाकाे दर्शन सञ्जीवनी सेवाकाे चाढ़ै शुरुवात हुनेछ यसमा पञ्चायत क्षेत्रकाे दुर्गम क्षेत्रहरूमा डाक्टरहरुकाा टोली लिएर आ-आफ्नै क्षेत्रमा स्वास्थ लाभ गर्नु सक्नेछ र यसमा आशा कर्मीहरूका पनि महत्त्वपूर्ण भूमिका रहनेछ।’
सभासद श्याम शेर्पाको यस निरीक्षणमा फादरहरुले पनि धन्यवाद ज्ञापन गरेका छन् कारण यस्तो भिजिटले उनीहरूलाई पनि उर्जा प्राप्त भएको छ र जीटीएप्रति आभार प्रकट गरेका छन्। यसको साथै सभासद श्याम शेर्पाले पनि फादरहरू अनि प्रशिक्षकहरुले सुचारु रुपमा प्रशिक्षण सेन्टर चलाई रहेकोमा जीटीएकाे तर्फबाट
धन्यवाद दिएका छन्।

दोस्रो चरणमा ताधारे महानदी स्वास्थ केन्द्रहरुकाे समस्याबारे चर्चा परिचर्चा गर्नु साथै क्षेत्रीय सभासद नवराज क्षेत्री अनि सुकना खण्ड स्वस्थ्य अधिकारी चित्रलेखा सरदारसित सभा सम्पन्न भएको छ। यस क्षेत्रकाे सबै स्वास्थ केन्द्रहरूमा संयुक्त रूपमा निरीक्षण गरेर समस्याको समाधान निकाल्ने निर्णय लिएको जानकारी प्राप्त भएको छ।