लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजन गरिने सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणको फिक्स्चर जारी गरियो। २५ दिसम्बरदेखि शुरु हुने यस टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइएको छ। आइतवार हुने उद्घाटन म्याचमा तरुण खेलकुद संघ, दार्जीलिङ र मिक्स्ड अप् बोइज, खरसाङबीच भिड़न्त हुनेछ। दुईवटा सेमिफाइनल ११ र १२ जनवरीमा हुनेछ। यसरी नै फाइनल १५ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टका सबै म्याचहरू स्थानीय लोप्चु जनमैदानमा हुनेछ। टुर्नामेण्टको गत संस्करणमा एकाडमी नाइट्स (एके), गान्तोक च्याम्पियन रहेको थियो।