चुरा र बेल्टको आडमा सुन तस्करी गर्ने प्रयास

SAVE_20221223_213936.jpg

सिलगढी: डीआरआई टीमले सुन तस्करीको मामिलामा दम्पत्तिलाई पक्राउ गरेको छ। पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेको छ। यसरी पक्राउ परेका दम्पति उत्तर २४ परगनाको साउथ दमदम निवासी सुशील कुमार सोनार (४६) र मिकू सोनी (४४) सामेल छन्। जानकारी‌ अनुसार गत राती गुवाहाटीबाट दिल्ली जाने राजधानी ट्रेनमा सवार भएर दम्पतिले तस्करी गर्ने उद्देश्यले सुन लिएर सिलगढी आइपुगेका थिए‌।यहाँबाट दुवै दिल्ली जाने उद्देश्य रहेको थियो। तर डीआरआई टीमले गत राति एनजेपी रेलवे स्टेशनमा अभियान चलाउँदा राजधानी ट्रेनको बी-४ बग्गीमा रहेको दम्पतिमाथि सन्देह लागेर छानबीन गर्दा महिलाको हातमा सुनको २ वटा चुरा उद्धार गरेको थियो।यस चुरामाथि चाँदीको परत लगाइएको थियो। यसैगरी, लोग्नेको कम्मरमा लगाएको बेल्टको बाकलेसमा कालो रङ्गको मेटल लगाइएको थियो। जाँच अवधि उद्धार गरेको समान सुनको रहेको थाहा पाए। तस्करी गर्ने उद्देश्यले उक्त सुनमा भिन्नै रङगको परत लगाइएको थियो। डीआरआई सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका दम्पति हिजो इन्डो-म्यान्मार बार्डरबाट तस्करी गर्ने उद्देश्यले सिल्वर परत लगाइएको सुनको दुइवटा चुरा र कालो रङ्ग लगाइएको सुनको बेल्टको बाकलेस लिएर गुवाहाटी हुँदै दिल्ली जाने उद्देश्यले राजधानी ट्रेनमा सवार थिए। तर राजधानी ट्रेन एनजेपी स्टेसनमा आइपुग्न साथ डीआरआई टीमले अभियान चलाएर दम्पतिबाट लगभग एक किलो चारसय ग्राम सुन उद्धार गरेको छ, जसको अनुमानित बजार मूल्य ७२ लाख १८ हजार ८५५ रुपियाँ रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement