स्म्याक ओपन फूटबल टुर्नामेण्टः कालेबुङ पुलिसको जीत

IMG_20221223_184511.jpg

दार्जीलिङको सिंहमारी नजिक सूम टी स्टेटको सूम भेटरन्स क्लबको तत्त्वावधानमा आयोजित स्म्याक (एस.एम.ए.के.के) ओपन नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा कालेबुङ पुलिसले क्वार्टर फाइनलमा स्थान बनायो। शुक्रवार खेलिएको म्याचमा कालेबुङ पुलिसले भाह तकभर एफसी-लाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रोहन तामाङ (मेस्सी)-ले गोल गरे। म्याच हारे पनि भाह तकभर एफसी-का अजनिश राईलाई प्लेयर अव् द म्याच चयन गरियो। शनिवार खेलिने म्याचमा सञ्जु फूटबल एकाडमी र एमएमएफसी निरपानीबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड आमन्त्रणी टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २९ जनवरीमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव दिवाकर आलेले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement