दुईजना गाँजा तस्करलाई पन्ध्र वर्षको कारावास सहित दुइ लाख जरिमाना

photocollage_2022122318113855.jpg

सिलगढी: मादक पदार्थ तस्करी गरेको आरोपमा पक्रा परेका दुईजना आरोपीलाई दोषी ठहराउँदै १५ वर्षको कारावास सहित २ लाख रुपियाँ जरिमाना लगाएको छ। वर्ष २०१३ मा डीआरआई टोलीले पप्पु गिरी र लखन ठाकुरलाई २ किलो गाँजा तस्करी गरेको आरोपमा सिलगढीबाट पक्राउ गरेको थियो। यसपछि सिलगढी अदालतमा मामिलाको सुनवाई शुरू भएपछि वर्ष २०१८- मा डीआरआई-ले मामिलाको चार्जशीट जम्मा गरेको थियो। लगभग १० वर्ष सिलगढी अदालतमा मामिला चलेपछि हिजो न्यायाधीशले फसेला सुनाएको छ। पक्रा परेका २ जना आरोपीलाई न्यायाधीशले दोषी ठहराउँदै १५ वर्षको कारावास सहित २ लाख रुपियाँ जरिमाना लगाएको छ। तथापि, अदालतमा मामिला चलिरहेकोले गर्दा ती २ आरोपीले १० वर्ष जेलको सजाय काटिसकेको छ। यसपल्ट अदालतले सुनाएको फसेला अन्तर्गत १५ वर्षमा अब केवल ५ वर्ष जेलको सजाइ हुनेछ। यदि आरोपी दुवैले जरिमाना नबुझाएको खण्डमा २ वर्ष अतिरिक्त जेल कारावासमा बस्नुपर्ने बताइएको छ। यस विषयमा डीआरआई पक्षका वकील त्रिदीप साहाले भने, वर्ष २०१३ मा सिलगढीबाट उत्तर प्रदेशमा गाँजा तस्करी गरेको आरोपमा ती दुई आरोपीलाई पक्राउ गरेको थियो। मामिलाको सुनवाईमा ६ जनाको बयान दर्ता गरिएपछि लगभग १० वर्षपछि अदालतले फसेला सुनाएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement