१४औं उत्तर बंगाल पौष मेला रंगीन जुलुसको साथ सुरु

IMG_20221223_161733.jpg

सिलगढी: सिलगढीमा १४औं उत्तर बंगाल पौष मेला रंगीन जुलुसको साथ सुरु भयो। शुक्रबार दिउँसो लगभग ३ बजे सिलगढीको कञ्चनजङ्घा स्टेडियम अगाडि जुलुस सुरु भएको थियो। जुन हिलकार्ड रोडको परिक्रमा गर्दै मेला मैदानमा फर्किएर समापन भएको थियो। उत्तर बंगाल पौष मेला उत्तर बंगालको गौरव हो। यस मेलामा उत्तर बंगालको सांस्कृतिक सम्पदालाई हाइलाइट गरिएको छ। जुलुसमा आदिवासी नृत्य प्रस्तुत गरिएको थियो। यसका साथै उत्तर बङ्गालका विभिन्न जातिको पिठपुलीलगायत विभिन्न परिकारहरू प्रदर्शन गरिने छ। आजदेखि सुरु भएको यो मेला माघ २ गतेसम्म चल्ने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement